Solution for Importers
नबिल बैंकको व्यापार सेवाले तपाईंको आयात व्यवसायको लागि पूर्ण - 360० डिग्री बिजनेस बैंकिङ सुविधा प्रदान गर्दछ। नबिल बैंकको विदेशी 'करेस्पोन्डेन्ट' बैंकहरु को व्यापक संजाल तपाईंलाई भुक्तानीको लागि सहयोगी हुन्छ। साथै विशेषज्ञहरूको टोलीले नियामक / प्रक्रियात्मक आवश्यकताहरू, जोखिम व्यवस्थापन, र क्रेडिट व्यवस्थापनमा मार्गदर्शन गर्न सक्दछ।
नबिल बैंकले देहायका सेवाहरु मार्फत आयातमा आइपर्न सक्ने जोखिमहरु व्यवस्थापन गर्न मद्दत गर्दछ:
- विदेशी विनिमय व्यवस्थापन सेवा
- समुद्री बिमा सेवा
विशेष फाइदाहरु
- सुरु देखि अन्त्य सम्मको सम्पूर्ण (End-to-End) सेवा
- तपाईंको आयातलाई सहयोग गर्न क्रेडिट सुविधा। थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्
- छिटो र किफायती भुक्तानीको लागि विश्वव्यापी करेस्पोन्डेन्ट सम्बन्धको वृहत संजाल
- सजिलो र द्रुत प्रक्रिया
- सबै नियामक र प्रक्रियात्मक आवश्यकताहरूको लागि परामर्श सेवाहरू
- प्रतिस्पर्धी शुल्क दर
कसरी आवेदन गर्ने ?
- End-to-End सेवाहरूका लागि चल्ती खाता खोल्नुहोस्
- क्रेडिट सेवाहरू (जस्तै: अधिविकर्ष, ट्रस्ट रिसिप्ट (TR) कर्जा, प्रतित पत्र, जमानत, DP ) का लागि सम्पर्क अधिकृत / प्रबन्धकहरूसँग सम्पर्क गर्नुहोस्।
- अग्रिम भुक्तानीको लागि नबिल बैंकको तपाईंको नजिकको शाखामा सम्पर्क गर्नुहोस्

