Overdraft Loans
नबिल अधिविकर्ष कर्जाले तपाईंको व्यवसायलाई निर्वाध रुपमा वित्तीय कार्यहरू संचालनका लागि अतिरिक्त चालु पूँजीको सुविधा प्रदान गर्दछ। यस कर्जाको सीमा साधारण र उद्योग विशेष दुबैको सम्पत्ति व्यवस्थापनको लागि उपयुक्त हुने गरी प्रतिस्पर्धात्मक मूल्यमा निर्धारण गरिएको छ। नबिल अधिविकर्ष कर्जा तपाईंंको चालु पुँजीको आवश्यकता पूर्ति गर्ने उत्तम तरिका हो।
लाभहरु
- विक्रीबाट आउनु पर्ने रकम प्राप्त नभएसम्म व्यावसायको भुक्तानी व्यवस्थापन गर्ने रकमको सहज श्रोत
- सम्पूर्ण समयमा लगानीको उपलब्धताको लागि चक्रीय कर्जा सुविधा
- प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने
- समर्पित सम्पर्क अधिकृत / प्रबन्धकहरु मार्फत निरन्तर मार्गदर्शन तथा सल्लाह

