Skip to main content
श्री मनोज कुमार ज्ञवाली

श्री मनोज कुमार ज्ञवाली

प्रमुख कार्यकारी अधिकृत

श्री मनोज कुमार ज्ञवालीले भारतको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी पूरा गर्नु भएको छ । उहाँको बैंकिङ करियर २२ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकका प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।

    श्री भूपेन्द्र पाण्डे

    श्री भूपेन्द्र पाण्डे

    नायब प्रमुख कार्यकारी अधिकृत

    श्री भूपेन्द्र पाण्डेले भारतको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी प्राप्त गर्नुका साथै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर २० वर्षभन्दा बढी लामो छ र हाल यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत – कर्जा व्यवसायको रूपमा कार्यरत हुनुहुन्छ ।

      श्री आदर्श बजगाईं

      श्री आदर्श बजगाईं

      नायब प्रमुख कार्यकारी अधिकृत

      श्री आदर्श बजगाईंले काठमाडौं विश्वविद्यालयबाट एम.बि.ए. उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर २२ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत - लगानी तथा दायित्व व्यवसायको रूपमा कार्यरत हुनुहुन्छ ।

        श्री गणेश प्रसाद अवस्थी

        श्री गणेश प्रसाद अवस्थी

        नायब महाप्रबन्धक

        श्री गणेश प्रसाद अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट एम.बि.एस. तथा अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल  गर्नुभएको छ । उहाँको बैंकिङ करियर २४ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा नायब महाप्रबन्धक – प्रविधि, सञ्चालन तथा रिकभरीको रूपमा कार्यरत हुनुहुन्छ ।

          श्री ज्ञानेन्द्र प्रताप शाह

          श्री ज्ञानेन्द्र प्रताप शाह

          नायब महाप्रबन्धक

          श्री ज्ञानेन्द्र प्रताप शाहले भारतको NMIMS बाट वित्तीय व्यवस्थापनमा डिप्लोमा तथा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल   गर्नुभएको छ । उहाँको बैंकिङ करियर ३४ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा प्रमुख व्यापार अधिकृत – कर्पोरेट, पूर्वाधार र परियोजना लगानी तथा निर्माण व्यवसाय कर्जाको रूपमा कार्यरत हुनुहुन्छ ।

            श्री परमेश्वर श्रेष्ठ

            श्री परमेश्वर श्रेष्ठ

            सहायक महाप्रबन्धक

            श्री परमेश्वर श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट ई.एम.बि.ए. उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर २९ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा प्रमुख डिजिटल बैंकिङ अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।

              श्री राजेन्द्र प्रसाद अधिकारी

              श्री राजेन्द्र प्रसाद अधिकारी

              सहायक महाप्रबन्धक

              श्री राजेन्द्र प्रसाद अधिकारीले फिलिपिन्सस्थित सेन्ट लुइस विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर २६ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा प्रमुख – कर्जा स्वीकृति केन्द्रको रूपमा कार्यरत हुनुहुन्छ ।

                श्री सन्दिप बाबु पौड्याल

                श्री सन्दिप बाबु पौड्याल

                प्रमुख – वित्त तथा रणनीति

                श्री सन्दीप बाबु पौड्यालले भारतको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर १३ वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा प्रमुख – वित्त तथा रणनीतिको रूपमा कार्यरत हुनुहुन्छ ।

                  श्री दिवस कार्की

                  श्री दिवस कार्की

                  प्रमुख मानव संसाधन अधिकृत

                  श्री दिवस कार्कीले काठमाडौँ विश्वविद्यालयबाट एम.बि.ए. उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर २० वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा प्रमुख मानव संसाधन अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।

                    श्री भाष्कर अवस्थी

                    श्री भाष्कर अवस्थी

                    प्रमुख जोखिम अधिकृत (कार्यवाहक)

                    श्री भास्कर अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँको बैंकिङ करियर २० वर्षभन्दा बढी लामो छ र हाल यस बैंकमा कार्यकारी प्रमुख जोखिम अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।