Customized Short Term Solutions
व्यक्तिगत व्यावसायहरूका विभिन्न वित्तीय आवश्यकताहरू हुन्छन् जसले दैनिक कार्यको लागि विभिन्न चालु पुँजी आवश्यकताको माग गर्दछ। नबिल बैंकले व्यक्तिगत व्यवसाय आवश्यकता अनुरूप निजीकृत अल्पकालिन कर्जा प्रदान गर्दछ।
व्यवसाय अनुकुल कर्जा समाधान देहायका एक वा एक भन्दा बढी विशेषताहरुको समिश्रण हो:
- अधिविकर्ष कर्जा
- डिमान्ड कर्जा
- प्रतित पत्र (L/C)
- प्रतित पत्र (L/C) अन्तर्गत वस्तुहरुको आयातको लागि ट्रस्ट रिसिप्ट (TR) कर्जा
- बिल खरिदहरु
- अल्पकालिन कर्जा (STLs)
- दीर्घकालीन कर्जा
- बैंक जमानत
फाइदाहरु
- तपाईंको व्यावसायको आवश्यकतालाई पूरा गर्न विभिन्न कर्जा सुविधाहरु मिसाएर उपलब्ध गराउन सकिन्छ
- परियोजना कर्जाको अभिन्न अंगको रुपमा वा जमानत र क्षतिपूर्ति जस्ता विभिन्न सुविधाहरुको मिश्रणमा प्रदान गरिने
थप जानकारिको लागि टर्म लोन (Term loan) पेजमा जानुहोस्। जमानत र क्षतिपूर्ति सम्बन्धि जानकारीको लागि यहाँ थिच्नुहोस्।

