Skip to main content

Guarantees and Standby Letters of Credit

जमानतपत्र ( बैंक ग्यारेन्टी ) र Standby प्रतितपत्रहरू निर्माण व्यवसाय, आयातनिर्यात मालसामान भुक्तानी  सेवा र  व्यापार जस्ता व्यवसायमा  प्रयोग हुने महत्वपूर्ण बैकिङ्ग सेवा हो । जमानत तथा Standby प्रतितपत्रहरू ले प्रत्याभूत गर्ने भुक्तानीको सुनिश्चितताले व्यापार व्यवसायमा संभावनाको अवसरहरू वृद्धि गर्नको साथै व्यवसायमा हुने जोखिमहरू व्यवस्थापनमा सहयोग पुर्‍याउँदछ ।
राष्ट्रिय रूपमा प्रमाणित ट्रयाक रेकर्डको साथमा नबिल  बैंकले विविधप्रकारको व्यवसायमा  उपयोगी जमानतपत्र र Standby प्रतितपत्रहरू को सेवा प्रदान गर्दछ । 
विश्वव्यापी सञ्जालमा रहेका प्रख्यात बैंकहरूसँगको हाम्रो आबद्धताले हामी तपाईह्ररूलाई विदेशमा आवश्यक पर्ने  अथवा विदेशी बैंक मार्फत नेपालमा जारी गरिने जमानतपत्र र Standby प्रतिस्पर्धात्मक दरमा उपलब्ध गराउदछौं।

विशेषता र लाभहरु

आयातकर्ता, निर्यातकर्ता, घरेलु उद्योगीव्यापारी, व्यवसायी निर्माण कम्पनीहरू, सरकारी एजेन्सीहरूलाई आपूर्तिकर्ता, सेवा विक्रेता, कर्पोरेट व्यवसाय, र गैर-सरकारी संस्थाहरूका लागी लाभदायक

सानो-ठूलो कार्यसम्झौता, ठेक्कापट्टा लाई प्राप्त गरे पश्चात् तपाईको व्यवसाय संचालनमा सहजता प्रदान गर्न 

परियोजना ऋण वा चालु पुँजी ऋण अन्तर्गत एकल सुविधा वा विविध सुविधाहरूसँगै उपलब्ध हुने

बढ्दो आवश्यकता परिपूर्तिको लागि क्रेडिट मूल्यांकन प्रकृया बिना डिपोजिट वा नगदको आधारमा उपलब्ध हुने

प्रतिस्पर्धात्मक मार्जिन र शुल्कमा उपलब्ध हुने

सेवाहरु

  • बोलपत्र जमानतपत्र (बिडबोन्ड)
  • कार्यसम्पादन जमानतपत्र (पर्फर्मेन्स बोन्ड)
  • अगृम भुक्तानी जमानतपत्र (ग्यारेन्टी)
  • Standby प्रतितपत्र
  • सिपिङ्ग जमानतपत्र (सिपिङ्ग इन्डेम्निटी)
  • काउन्टर ग्यारेन्टी (विदेशी बैंक मार्फत जारी गरिने जमानतपत्रहरू)