Skip to main content

NabilNet Internet Banking

नबिलनेट, इन्टरनेट बैंकिंग सेवाका साथ अब आफ्नो बैंकबाट तपाइँ केवल एक क्लिकमात्रै टाढा हुनुहुन्छ । सुरक्षित अनलाईन बैंकिङ्ग सेवाको जहिले र जाहाँपनि लाभ लिनको लागि अहिले आवेदन दिनुहोस्।

मुख्य विशेषताहरु

तपाईंको भुक्तानीको लागि वान-स्टेप समाधान

रकम ट्रान्सफरका लागि सुरक्षित दुई–तहको प्रमाणिकरण

खाता बारे जानकारी, रकम ट्रान्सफर, खाता विवरण रकमान्तर, ब्यालेन्स सोधपुछ, खाता विवरणको लागि सहज पहुँच

बैंक भित्र खाताबाट खातामा रकम ट्रान्सफर गर्न सकिने

क्रेडिट कार्ड, विद्युत, टेलिफोन र मोवाइल, इन्टेरनेट एडिएसएल, इसेवा खातामा मौजदात राख्ने आदि बिलहरुको भुक्तानी 

मोबि टोकन

मोविटोकन एउटा सुरक्षित दुई–तहको प्रमाणिकरण प्रकृया हो । पहिलो तह तपाइँ को कारोवार पासवर्ड हो भने दोस्रो तह प्रत्येक अनलाईन कारोवारका लागि मोविटोकनले सिर्जना गर्ने एक पटके पासवर्ड अर्थात (OTP)  हो । ओटिपी (OTP) तपाइँ को रजिष्टर्ड मोवाइल नम्बर र/वा ईमेल ठेगानामा एसएमएस र/वा ईमेल मार्फत पठाउन सकिनेछ वा तपाइँ ले आफ्नो मोवाइलमा नेविलनेट प्रयोगकर्ता पोर्टलबाट मोविटोकन एप (ओटिपी जेनेरेटर) राख्न सक्नु हुन्छ ।
दोस्रो तहको प्रमाणिकरणले सबै अनलाइन कारोवारका लागि सुरक्षाको थप तह प्रदान गर्दछ । यसका लागि खाता खोल्ने प्रकृयाका बखत वा बैंक खाताको विवरण परिवर्तन भएको तत्कालै विवरण अद्यावधिक गराउ‘दा वैध/ सही मोवाइल नम्बर र ईमेल आईडी उपलब्ध गराउनु पर्छ ।

कसरी आवेदन गर्ने ?

मोविटोकनका लागि दर्ता प्रकृया शुरु गर्नु अघि आफ्नो मोवाइल नम्बर र ईमेल ठेगाना सही भए नभएको जाच्नुहोस् ।

  • “नबिलनेट”मा लगईन गर्नुहोस्
  • "Customize" ट्याबमा क्लिक गर्नुहोस्
  • "My Profile" ट्याबमा क्लिक गर्नुहोस्
  • क्षेत्रहरु चेक गर्नुहोस्: "तपाईको ईमेल ठेगाना" र "मोबाईल नम्बर”
  • यदि तपाईको ईमेल ठेगाना र मोबाईल नम्बर सही छन् भने कृपया मोबीटोकनको लागि दर्ता गर्नुहोस्; नत्र कृपया तपाईको विवरण अध्यावधिक वा परिर्वतन गर्न तपाईको नजिकैको शाखामा जानुहोस्

दर्ता गर्नै प्रकृया

  • तपाईको युजर आईडी र लगईन पासवर्डको साथ  “नबिलनेट”मा लग-र्ईन गर्नुहोस्
  • “मोबीटोकन” छान्नुहोस्
  • “मोबीटोकन दर्ता” बटनमा क्लिक गर्नुहोस्
  • “SMS/ई मेलमा आधारित” or “यन्त्रमा आधारित” प्रमाणीकरण मोड छनोट गर्नुहोस्
  • “पेश गर्नुहोस्”मा क्लिक गर्नुहोस्
  • शर्त स्वीकार गर्नको लागि “म सहमत छु” मा क्लिक गर्नुहोस्
  • “युजर ID” and “कारोबार पासवर्ड” हान्नुहोस् र “भयो”मा क्लिक गर्नुहोस्
  • SMS/ईमेलमा आधारित छनोट गरिसकेपछी माथीको कदम पुरा गरेपछी तपाई सफलतापूर्वक दर्ता हुनुभयो
  • यदि तपाईको छनोट यन्त्रमा आधारित हो भने तपाईले तल उल्लेखित अतिरिक्त कदमहरु पालना गर्नुपर्छ
  • “Activation कोड जेनेरेट गर्नुहोस्”मा क्लिक गर्नुहोस्
  • प्रणालीले तपाईको दर्ता गरिएको ई मेल आईडी र मोबार्ईल नम्बरमा एक्टभेसन कोड डेलिभर गर्नुहोस्
  • “डाउनलोड MobiToken एप”मा क्लिक गर्नुहोस् र तपाईको ईमेल आईडी र मोबाईल नम्बरमा प्राप्त ५ अंकको एक्टिभेसन कोड हाल्नुहोस्
  • तपाई एप इन्सटल गर्न चाहानु हुने यन्त्र “डिभाईसको प्रकार” छनोट गर्नुहोस् (J2ME, BlackBerry & Android)
  • “पेश गर्नुहोस्”मा क्लिक गर्नुहोस्
  • “MPIN” बनाउनुहोस् र फेरी हाल्नुहोस्
  • “पेश गर्नुहोस्”मा क्लिक गर्नुहोस् र यसले तपाईलार्ई (युजर)लाई डाउनलोड एपलिकेसनमा डोरयाउने छ।
  • “डाउनलोड र Acknowledge बटन”मा क्लिक गर्नुहोस्
  • तपाईले सोच्नु भएको स्थानमा एपलिकेसन डाउनलोड गर्नको लागि “ओके”मा क्लिक गर्नुहोस्
  • एकपल्ट डाउनलोड भईसकेपछी, तपाईले त्यही एपलिकेसन ततपाईको मोबाईलमा इन्सटल गर्नसक्नुहुनेछ

सुरक्षित बैंकिङ टिप्स

नबिल टुएफए मोविटोकन प्रयोगकर्ता निर्देशिका डाउनलोड गर्न यहॉ क्लिक गर्नुहोस।सुरक्षित बैंकिङ्ग टिप्स
नबिल बैंकमा तपाईलाई Phishing, Vishing, Spoofing जस्ता अनलाईन घोटलामा आफ्नो विवरण दिनबाट जोगाउनको लागि साधारण कदमको बारेमा सचेत गराउनको लागि यो हाम्रो निरन्तर प्रयास हो।
यदि तपाईलाई तपाईको नबिल बैंकको खातामा कुनै असामान्य गतिबिधिको संका लागेमा तुरुन्त तपाईको नजिकैको शाखामा जानकारी गराउनुहोस् वा card@nabilbank.comमा ईमेल गर्नुहोस्।
हामी तपाईलाई छलको प्रयासबाट बचाउनको लागि आतुर छौं।

फिशिंग
फिसिंग बैंकहरुले विश्वभर भोगिरहेको विश्वव्यापी समस्या हो । यो तपाइँ को बैंकिंग विवरणमा बल्छी हाल्ने तरिका हो । फिसिंग एउटा ईमेल हुन सक्छ जसमा बैंक जस्ता सुपरिचित संस्था /लोकप्रिय वेबसाइटबाट युजर आईडी र कारोवार पासवर्ड, एक पटके पासवर्ड (OTP), युनिक रेफेरेन्स नम्बर (URN) आदि जस्ता गोपनीय डाटा मागिएको हुन्छ ।

स्पेयर फिसिंग (Spear Phishing)
Spear Phishing ईमेल मार्फत गरिने एउटा लक्षित फिसिंग प्रयास हो जसमा ईमेल एउटा विश्वनीय स्रोतबाट आएको देखिनुका साथै ईमेलको विषय वस्तु पनि कम्पनीको चालू योजनाको अवस्था वा पारिवारिक विषयववस्तुसंग सम्बन्धित हुनेगरी कस्टोमाइज भएको हुन सक्छ ।

स्फुफिंग (Spoofing)
Spoofing अट्याक ईमेल, फोन, वेबसाइट, इत्यादी बाट एक युजरको परिचय ढाटेर अर्को युजरलाई ट्रिक गर्ने वा छल्ने बुझिन्छ। वेबसाइट Spoofing ठग्नलाई छलको रुपमा वेबसाइट बनाउने कार्य हो। spoof साईट कानूनी हो भन्ने देखाउनको लागि phisher हरुले वास्तविक वेबसाइटको नाम, लोगो, ग्राफिक र कोड पनि प्रयोग गर्छन्। तिनीहरुले तपाईको ब्राउजर विन्डोको टुप्पोमा देखिने URL र तलको दाँया कुनामा देखिने प्याडलक आईकन पनि नक्कली बनाउन सक्छन्। पिडीतलाई विश्वासिलो पठाउने व्यक्तिले पठाएको भन्ने विश्वास दिलाउनलाई र पिडीतलाई संवेदनशील जानकारी सेयर गर्न बाध्य बनाउनको लागि ईमेलले पनि छक्याउन सकिन्छ।

भिसिंग
फोन कल मार्फत तपाईंबाट संवेदनशील विवरण लिनको लागि जालसाझी गर्ने व्यक्तिको प्रयास हो। युजर आईडी, लगईन र कारोबार पासवर्ड, OTP (वान टाईम पासवर्ड), URN (विशिष्ट दर्ता नम्बर), कार्ड पिन, ग्रिड कार्ड भ्यालु, CVV, वा जन्म मिती, आमाको विवाह पछिको नामथर जस्ता अन्य कुनै व्यक्तिगत प्यारामिटर जस्ता विवरणहरु। जालसाझीकर्ताले बैंक प्रतिनिधी गरेको दावी गर्छन् र ग्राहकहरुलाई फोन मार्फत निजहरुको व्यक्तिगत र आर्थिक विवरण दिनको लागि ग्राहकलाई झुक्याउँछन्। त्यसपछी यी विवरणहरु तपाईंको अनुमति बिना तपाईंको खातामा जालसाझीको गतिविधी गर्नको लागि प्रयोग गरिन्छ।

स्मिसिंग (SIM साटासाट)
तपाईंको मोबाइल फोन एक सुविधाजनक बैंकिंग च्यानल हो। तपाईं खातासँग सम्बन्धित अलर्टहरू र बैंकिंग कारोबार गर्न आवश्यक वान टाइम पासवर्ड (OTP) पाउन सक्नुहुन्छ र तपाईंको मोबाईल मार्फत विभिन्न आर्थिक सोधपुछ गर्न सक्नुहुनेछ । यद्यपी यदि तपाईंले केहि सरल सावधानी अपनाउँनु भएन भने अपराधीले जालसाझीको गतिविधी गर्नको लागि तपाईंको सर्भिस प्रोभाईडर मार्फत नक्कली सिमसँग तपाईंको असली सिम साटेर यी सतर्कताहरू बदल्न सक्छ।
यो छोटो सन्देश सेवाको एक मिश्रण हो (SMS- जसलाई टेक्स्ट मेसेजिंग पनि भनिन्छ) र फिसिङ्ग (परिचय चोरी गर्नको लागि व्यक्तिगत जानकारी पाउने अभिप्रायको साथ कसैलाई ईमेल गरी)। यस खण्डमा जालसाझीकर्ताले ईमेल भन्दापनि SMS मार्फत म्यासेज पठाउँछ। Smishing म्यासेज “तपाईले थाई थाईल्याण्डको लागि २ वटा निशुल्क टिकट जित्नु भएको छ, तपाईंको पुरसकार दावी गर्नको लागि वेवसाईट भिजिट गर्नुहोस्” लिंकमा क्लिक गर्नाले व्यक्तिगत जानकारी माग गरी वेवसाईटमा डोर्याउन सक्छ। यी कुराहरु स्मार्टफोन ज्यादा प्रख्यात भई रहेको हुनाले सामान्य भईरहेका छन्।

सामाजिक सञ्चालकका माध्यमबाट जालसाजी
सामाजिक संचारमाध्यमका साइटहरु जालसाजकर्ताहरु माझ पनि तीब्र रुपमा लोकप्रिय हुँदैछन् र चाडपर्वका अवसरहरुमा यी साइटहरुद्वारा प्रयोगकर्तालाई सजिलै प्रोत्साहित गर्न सकिन्छ । उदाहरणका लागि धेरै लोकप्रिय सामाजिक सञ्जाल वेवसाइटमा “भ्यालेन्टाइन थिम” राख्न आमन्त्रण गरिएको पछिल्लो प्रयास हो । जडान गर्ने भन्ने वटनले तत्काल प्रयोगकर्ताहरुको गतिविधिहरुको अनुगमन गर्ने धोकापूर्ण ब्राउजरसम्म पुर्‍याउँदछ । कहिले काही प्रयोगकर्ताहरुलाई निजहरुको नाम र मोवाइल नम्बरजस्ता महत्वपूर्ण जानकारी सोध्ने सर्भेक्षण पेज तर्फ लैजान्छ ।

सामान्य सुरक्षा सूत्रहरु

  • नबिल बैंक वा सरकार र आयकर विभाग, नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायले कहिले पनि ईमेल वा फोनमा गोपनीय जानकारी माग्दैन ।
  • गोपनीय/व्यक्तिगत सूचना माग्ने ईमेल सन्देशलाई शंकास्पद ठानेर व्यवहार गर्नुहोस् । ईमेलमा नेट बैंकिंग वा ईमेल युजर आइडी/पासवर्ड, एटिएम कार्ड नम्बर वा पिन, जन्म मिति, मोवाइल नम्बर आदि माग्ने कुनै पनि वेव फर्मको जवाफ नदिनुहोस् ।
  • नबिल बैंक वेवसाइटमा लग गर्न कुनै ईमेल सन्देशमा भएको लिन्कलाई कहिले प्रयोग नगर्नुहोस् । सही वेव पेजमा पुगेको कुरा सुनिश्चित गर्न ब्राउजरको ठेगाना खण्डमा सिधै युआरएल टाइप गर्नुहोस् । www.nabilbank.com मार्फत नबिल बैंकको आधिकारिक वेवसाइटसम्म पहु‘च बनाउनुहोस् ।
  • अप्रमाणिक/अनपेक्षित स्रोत वा तयारी सन्देश डाउनलोड लिन्कबाट आएका ईमेल अट्याचमेन्ट नखोल्नुहोस् । त्यस्तो शंकास्पद ईमेल सन्देश तत्काल डिलिट गर्नुहोस् ।
  • सार्वजनिक स्थानमा बाडिएको वा असुरक्षित कम्प्यूटरबाट क्रेडिट/डेविट कार्ड प्रयोग गरी नबिल बैंक नेट बैंकिंगमा पहु‘च नबनाउनुहोस् वा भुक्तानी नगर्नुहोस् ।
  • खाताबाट हुने सबै कारोवारको नबिल बैंक नेट बैंकिंगबाट ईमेल र/वा एसएमएसबाट एलर्ट हुने गरी सेट गर्नुहोस् ।