Share Loan
धितोपत्र बजारलाई अर्थतन्त्रको पूँजी बजारको महत्वपूर्ण अंग मानिन्छ र यसलाई सहजीकरण गर्न बैंकको पक्षमा अभौतिकीकरण गरिएका शेयरका आधारमा हाम्रा आदरणीय ग्राहकवर्गलाई नबिल शेयर कर्जा (एनएसएल) उपलब्ध गराइन्छ । कर्जा प्रकृया सरल छ जस्का देहाय बमोजिमका विशेषताहरु छन् ।
विशेषता
![]()
आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
![]()
न्यूनतम् कर्जा प्रशासन शुल्क
![]()
१५ करोड रुपैयासम्मको कर्जा आकार*
![]()
वार्षिक रुपमा नवीकरण हुने
![]()
बैंकद्वारा सुचिकृत शेयर ब्रोकरबाट प्राप्त चेकद्वारा कर्जा भुक्तानी हुने व्यवस्था
![]()
छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया
![]()
बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया
शर्त र बन्देजहरु
- धितोपत्रको मूल्यको ६० % सम्ममात्र कर्जा दिइने |
- सुरक्षणका रुपमा धितो दिइने शेयरको मूल्य पछिल्लो 180 दिनको औसत बन्द मूल्य वा मौजूदा न्यूनतम बजार मूल्य मध्ये जुन कम हुन्छका आधारमा कायम गरिनेछ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रावधानबाट यो विषय निर्देशित हुनेछ ।
- व्याज त्रैमासिक आधारमा लगाइने र अवधिपछि नवीकरण नभएमा सॉवा वार्षिक आधारमा गणना हुने |
- घोषित आय कर्जाको व्याज दायित्वको भुक्तानी गर्न पर्याप्त हुनुपर्छ ।
*कर्जा प्रवाह १५ करोड रुपैया सम्म (सबै बैंक तथा वितिय संस्थामा गरेर संस्था वा ग्राहकलाई १५ करोड भन्दा बदी प्रवाह नहुने, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रावधान अनुसार)
शुल्क र दस्तुरहरु
| विवरण | दस्तुर |
| कर्जा प्रशासन शुल्क |
कर्जा रकमको ०.७५%
|
| प्रतिवद्धता शुल्क |
प्रयोग नगरिएको सीमाको १५% |
| सिआईसि दस्तुर |
वास्तविक आधारमा |

