Skip to main content

Housing Loan

नबिल आवास कर्जाले तपाइँको आफ्नो घर बनाउने र आफ्नै घरमा सर्ने सपना छिटो र सजिलै साकार पार्नेछ । भविष्यमा घर निर्माणका लागि चाहिने जग्गा खरिद होस् या घर खरिद होस्, तपाइँको आर्थिक आवश्यकता पूरा गर्न विषयगत ज्ञान भएका र व्यक्तिगत परामर्श दिन सक्ने शाखाका अधिकृतहरुसँग सम्पर्क गरि आफ्नो सपना साकार पार्नुहोस् ।

विशेषता

आकर्षक तथा प्रतिष्पर्धी व्याज दर

छिटो र पारदर्शी कर्जा प्रकृया

पैँतीस बर्षसम्मको लचकदार कर्जा अवधि

सम मासिक किस्ता (इएमआई) मा आधारित कर्जा

घट्दो बक्यौता सॉवामा व्याज लगाइने

भवन निर्माणका लागि १२ महिनासम्मको स्थगत अवधि

बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया

प्रकृया अवधिभर व्यक्तिगत परामर्श

 

कागजात पेश गर्ने सरलीकृत प्रकृया

कर्जाको समीक्षा

प्रयोजनकर्जा रकमकर्जा अवधिकर्जाका शर्तहरु
जग्गा खरीदने.रु. ५ करोड सम्म३५ वर्ष सम्मसम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ६०% ,जुन सुकै कम छ । 
जग्गा तथा भवन खरीदने.रु. ५ करोड सम्म३५ वर्ष सम्मसम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ६०%, जुन सुकै कम छ । काठमाडौं उपत्यकाको हकमा एफएमभीको ५०%
निर्माणने.रु. ५ करोड सम्म३५ वर्ष सम्मनिर्माण लागतको १००%**
पहिलो पटक घर खरिदने.रु. ३  करोड सम्म३५ वर्ष सम्मसम्पत्तिको प्रतिकुल मूल्यको ७०% सम्म *
विस्तार/पुर्नस्थापनने.रु. १ करोड सम्म२० वर्ष सम्मएफएमभीको ६०% सम्म
रिफाइनान्सने.रु. ५ करोड सम्म३५ वर्ष सम्मसम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ६०%, जुन सुकै कम छ । काठमाडौं उपत्यकाको हकमा एफएमभीको ५०%

यद्यपि हाम्रो कर्जा खरीद मूल्य/बैंकको मूल्यांकन कर्ताले निर्धारण गरेको खुद बजार मूल्य को ६०% मध्ये जुन कम हुन्छ सो भन्दा बढी हुनेछैन र काठमाडौं उपत्यकाको हकमा नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिका अनुसार खरीद मूल्य वा एफएमभीको ५०% मा सिमीत गरिएको छ । 

*ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर हुनुपर्ने । 
** यदि जग्गाको मूल्य पर्याप्त छ भने हामी निर्माण लागतको १००% सम्म कर्जा दिन सक्छौं ।

शर्त बन्देजहरु

  • सम मासिक किस्ता (इएमआई) अन्य कर्जाको दायित्व (यदि छ भने) कटाएर ऋणीको कुल  आयको ५०% भन्दा बढी हुनुहुँदैन ।
  • बैंक खाताको कारोवारको परिमाणलाई घोषित आयले प्रमाणित गरेको हुनुपर्छ ।
  • भवन धितो भएको अवस्थामा बैंकको शर्तसहित पूर्ण मूल्यमा आगलागी, भूकम्प, आतंकवाद आदि विरुद्ध भवनको बीमा गरिएको हुनुपर्छ ।
  • धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको समपत्ति भएमा १० फिट चौडाईको मोटरबाटो हुनुपर्छ ।

शुल्क र दस्तुरहरु

विवरणदस्तुर
कर्जा प्रशासन शुल्क

 कर्जा रकमको ०.७५%

 

प्रतिवद्धता शुल्क

प्रयोग नगरिएको सीमाको ०.१५% (निर्माण कर्जामा)

पूर्वभुक्तानी शुल्क
अग्रिम भुक्तानी समयावधी अग्रिम भुक्तानी शुल्कको दर
कर्जा प्रवाह गरेको मितिबाट २ वर्ष भित्रअग्रिम भुक्तानी रकमको ०.७५%
कर्जा प्रवाह गरेको मितिबाट २ देखि ५ वर्ष भित्रअग्रिम भुक्तानी रकमको ०.३७५%
कर्जा प्रवाह गरेको मितिबाट ५ वर्ष पछिअग्रिम भुक्तानी रकमको ०.१५%

स्थीर व्याजदर ऋणहरुमा शुल्क दर अग्रिम भुक्तानी गरेको रकममा ०.७५ % हुनेछ । 

टिप्पणी : माथी उल्लेखित शुल्क दरहरु नेपाल राष्ट्र बैंकको आदेश अनुसार बदलिन सक्नेछन्  ।  

सिआईसि दस्तुर

वास्तविक आधारमा

योग्यता

कर्जा दिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुँदा अधिकतम् ७० वर्ष ननाघेको हुनुपर्नेछ ।

  • इएमआई भुक्तानी गर्न पर्याप्त स्तरको आय भएका सबै व्यक्तिहरु
  • स्थायी सेवामा भएका तलब पाउने व्यक्तिहरु
  • कम्तीमा २ वर्ष सञ्चालनमा रहेको व्यवसायमा रहेका व्यक्ति
  • कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ
  • गुठी र/वा मोही नलागेको कित्ता हुनुपर्नेछ
  • हाइटेन्सन लाइन नभएको कित्ता हुनुपर्नेछ
  • तेस्रो पक्षको धितो मान्य हुनेछैन

आवश्यक कागजातहरु

 परिचयात्मक

  • फोटो (२ प्रति)
  • नागरिकता र/वा राहदानी
  • नाताप्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • विवाह प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
  • प्रवन्धपत्र र नियमावली (आवश्यक पर्ने भएमा)
  • साझेदारी सम्झौतापत्र (आवश्यक पर्ने भएमा)
  • स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
  • व्यक्तिको लागि स्थायी लेखा नम्बर प्रमाणपत्र (ने.रु. ५० लाख वा सोभन्दा बढी कर्जा रकमका लागि)
  • स्थलगत नक्सा (आवास तथा कार्यालय)

सुरक्षण/धितो

  • जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
  • राजीनामा वा बकसपत्र वा अंशवण्डा
  • मालपोत तिरेको रसीद
  • भवनको कर चुक्ता
  • नापी नक्सा र ट्रेस नक्सा
  • चार किल्ला प्रमाणित
  • घरको स्वीकृत नक्सा
  • निर्माणसम्पन्न पत्र
  • भवन भएको अवस्थामा लालपूर्जामा घर कायम भएको

आय स्रोत

  • तलब प्रमाणपत्र
  • बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
  • पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
  • निवृत्तिभरण प्रमाणपत्र (पट्टा)
  • नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
  • तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय भएमा)
  • सबै आयको पछिल्लो कर भुक्तानी रसिद वा कर चुक्ता प्रमाणपत्र (जहाँ लागु हुन्छ)

 

अन्य आवश्यक कागजातहरु

  • आवासीय भवनको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि (आवश्यक परेमा)