Cumulative Fixed Deposit
नबिल क्यूमुलेटिभ फिक्स्ड डिपोजिट (CFD) निक्षेपकर्ताहरुका लागि अवधि समाप्त नहुन्जेल त्रैमासिक रुपमा उच्च व्याज आर्जन हुने गरी निक्षेप संचय हुँदै जाने गरी धेरै पटक निक्षेप राख्न पाइने सुविधाजनक र सहज व्यवस्था भएको विशेष प्रकारको मुद्दती निक्षेप हो।
विशेष सुविधाहरु
- योजनाको थालनी गर्न न्यूनतम निक्षेप रु १०,०००/- बराबर वा सो भन्दा बढी
- निक्षेप अवधि : १ वर्ष
- सुरुवाती निक्षेप पश्चात् परिपक्क हुनुभन्दा अघि कुनै पनि रकम निक्षेप गर्न सकिनेछ।
- अधिकतम बढ्दो निक्षेप रकममा कुनै पनि सिमा नहुने।
- टप-अपको लागि ग्राहकले रोजेको कारोबारहरु नबिल nBank एप मार्फत गर्न सकिने
- टप-अपको लागि, वैकल्पिकप्रणाली (मोबाईल र ईन्टरनेट बैंकिङ, connectIPS, क्लियरिङ्ग) मार्फत अन्तरबैंक फन्ड ट्रान्सफर (रकमान्तर) गर्न मिल्ने
- काउन्टर सेवा र अन्तर-बैंक रकमान्तर गर्न मिल्ने
- स्ट्यन्डिङ इन्स्ट्रक्सन (SI) मार्फत बिना शुल्क बचत खाता जोडन गर्न मिल्ने

-2.png)