Skip to main content

Education Loan

तपाइँले विदेशमा गएर अध्ययन गर्ने सोचिरहनु भएको हुन सक्छ । हामी सरलीकृत शैक्षिक कर्जा उपलब्ध गराउछौं जस्को लक्ष्य भनेको उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई कर्जा दिनु हो । हाम्रो कर्जा व्यवस्थासँगै अब तपाइँ केवल आफ्‍नो छनौटको कोर्ष लिने कुरामा केन्द्रीत हुनुहोस् र राम्रो शिक्षा पाउनुहोस् । 

कर्जा प्रकृयाका लागि अब कलेजको अफर लेटर कुर्न आवश्यक छैन । कलेजको वेवसाइटबाट लिन सकिने कोर्षको विवरण र यसको लागत प्रमाणित गर्ने कागजात, स्व:घोषणा वा परामर्शदाताको सूचना भए पुग्छ ।

यो नयॉ अभ्यासले औपचारिक अफर लेटर पाउनु भन्दा अगावै कर्जा प्रकृया शुरु गर्न तपाइँलाई सक्षम बनाउछ जस्ले कर्जा प्रकृयाका लागि समय बचत हुनुका साथै शैक्षिक सत्रको अवधिमा हुने दौडादौडबाट समेत बचाउँछ । 

विशेषता

ने.रु. १ करोड सम्मको कर्जा आकार

२० वर्षसम्मको लचकदार भुक्तानी विकल्पहरु

आकर्षक तथा प्रतिष्पर्धी व्याज दर

अधिकतम ४ वर्ष वा कोर्ष अवधिमध्ये जुन छिटो हुन्छ सो अवधिको स्थगत अवधि

प्रकृया अवधिभर व्यक्तिगत परामर्श

कागजात पेश गर्ने सरलीकृत प्रकृया

छिटो स्वीकृति र पारदर्शी कर्जा प्रकृया

शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) हरुको शुल्क संरचना अनुसार कर्जा रकम उपलब्ध गराइने

बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया

योग्यता

  • कर्जा दिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुँदा अधिकतम ७० वर्ष कटेको हुनुहुँदैन ।
  • कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ |
  • गुठी र/वा मोही नलागेको कित्ता हुनुपर्नेछ |
  • हाइटेन्सन लाइन नभएको कित्ता हुनुपर्नेछ |
  • तेस्रो पक्षको आंशिक धितो नभएको कित्ता हुनुपर्नेछ |

शर्त बन्देजहरु

परिचयात्मक

  • सम मासिक किस्ता (इएमआई) अन्य कर्जासम्बन्धी दायित्व कटाएर ऋणीको कुल आयको ५०% भन्दा बढी हुनुहुँदैन ।
  • घोषित आयलाई कर भुक्तानी रसीद सहित बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।
  • धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको सम

शुल्क र दस्तुरहरु

विवरणदस्तुर
कर्जा प्रशासन शुल्क

निजी सवारी साधनका लागि कर्जा रकमको ०.७५%

व्यवसायिक सवारी साधनका लागि कर्जा रकमको १%

प्रतिवद्धता शुल्क

प्रयोग नगरिएको सीमाको १%

पूर्वभुक्तानी शुल्क
अग्रिम भुक्तानी समयावधी अग्रिम भुक्तानी शुल्कको दर
कर्जा प्रवाह गरेको मितिबाट २ वर्ष भित्रअग्रिम भुक्तानी रकमको ०.७५%
कर्जा प्रवाह गरेको मितिबाट २ देखि ५ वर्ष भित्रअग्रिम भुक्तानी रकमको ०.३७५%
कर्जा प्रवाह गरेको मितिबाट ५ वर्ष पछिअग्रिम भुक्तानी रकमको ०.१५%

स्थीर व्याजदर ऋणहरुमा शुल्क दर अग्रिम भुक्तानी गरेको रकममा ०.७५ % हुनेछ । 

टिप्पणी : माथी उल्लेखित शुल्क दरहरु नेपाल राष्ट्र बैंकको आदेश अनुसार बदलिन सक्नेछन्  ।  

सिआईसि दस्तुर

वास्तविक आधारमा

आवश्यक कागजातहरु

सुरक्षण/धितो

  • जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
  • राजीनामा वा बकसपत्र वा अंशवण्डा
  • मालपोत तिरेको रसीद
  • भवनको कर चुक्ता
  • नापी नक्सा र ट्रेस नक्सा
  • चार किल्ला प्रमाणित
  • घरको स्वीकृत नक्सा
  • निर्माण सम्पन्न पत्र
  • भवन भएको अवस्थामा लालपूर्जामा घर कायम भएको

परिचयात्मक

  • फोटो (२ प्रति)
  • नागरिकता र/वा राहदानी
  • नाताप्रमाणपत्र
  • विवाह प्रमाणपत्र
  • पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र
  • स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र
  • प्रवन्धपत्र र नियमावली
  • साझेदारी सम्झौतापत्र
  • स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
  • शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) को अफर लेटर/आई २०, शैक्षिक संस्था (कलेज/विश्वविद्यालय) को भर्ना भएको कोर्षसम्बन्धी पत्र (सिओई) (प्रवेशाज्ञा बढाइएको अवस्थामा)
  • अष्ट्रेलियन उच्चआयुक्तको अध्यागमन पत्र (प्रवेशाज्ञा बढाइएको अवस्थामा)
  • शिक्षा मन्त्रालय (एमओई) को नो अब्जेक्सन लेटर
  • स्थलगत नक्सा (आवास तथा कार्यालय)

 आय स्रोत

  • तलब प्रमाणपत्र
  • बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
  • पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
  • निवृत्तिभरण कागजात
  • नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
  • तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय भएमा)
  • समान मासिक किस्तावन्दी (इएमआई) अन्य कर्जासम्बन्धी दायित्व कटाएर ऋणीको खूद आयको को ५०% भन्दा बढी हुनुहुदैन |