Skip to main content

Professional Loan

नबिल प्रोफेसनल कर्जाले तपाईंलाई योजनाबद्ध वा अनियोजित खर्चहरू पूरा गर्न मद्दत गर्दछ। यो एक गैर-जमानतमा-आधारित कर्जा योजना हो, र तपाइँको विश्वसनीयतामा आधारित हुन्छ र तलबी व्यक्तिहरुले यस कर्जा प्राप्त गर्न सक्नुहुन्छ। सानो आकारको लगानी गर्न, औषधी उपचारको बिल तिर्न, बिदा मनाउन भ्रमण जान, घर मर्मत गर्न जस्ता प्रयोजनको लागि यस प्रकारको कर्जा लिन सकिन्छ। तपाईंको घरायसी तथा व्यक्तिगत आवश्यकताहरु धेरै हुन सक्छ, नबिल प्रोफेसनल कर्जाले तपाईंलाई ती आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ। तपाईंले सजिलो र द्रुत रुपमा न्यूनतम कागजातको साथ यो प्रकारको कर्जा प्राप्त गर्न सक्नुहुनेछ।

विशेषता

१५ लाखसम्म कर्जा प्राप्त गर्न सकिने 

प्रतिस्पर्धी ब्याज दर

न्यूनतम कागजात

सात बर्षसम्मको लचकदार कर्जा अवधि*

कुनै जमानत आवश्यकता पर्दैन

आवश्यक कागजातहरु

  • नागरिकता र/वा राहदानी
  • स्थायी लेखा नम्बर प्रमाणपत्र
  • पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
  • तलब प्रमाणपत्र
  • बहालवालाको परिचयसहित भाडा सम्झौता

* प्रोफेस नल कर्जाको अवधि अधिकतम ७ वर्षसम्म