Auto Loan
नयाँ गाडी चढ्ने तपाइँको सपना साकार पार्न नबिल बैंकले ल्याएको छ सवारीसाधन कर्जा । सरल र सहज कर्जा प्रक्रियाद्वारा सवारी कर्जा लिई नयाँ गाडीमा घुम्ने सपनालाई मूर्त रुप दिनुहोस् ।
साथसाथै यदि तपाइँको आफ्नै व्यवसायिक सवारीसाधन हुने र यातायातसम्बन्धी व्यवसायलाई अझ सफल बनाउने सधैंको सपना हो भने तपाइँ सही स्थानमा हुनुहुन्छ । हाम्रो नयाँ व्यवसायिक सवारीसाधन खरीद गर्न दिइने वा प्रयोग भएको व्यवसायिक सवारीसाधनमा पुन: कर्जा दिने सवारीसाधन कर्जा सुविधा लिई आफ्नो आवश्यकताहरु पूरा गर्नुहोस् ।
विशेषता
![]()
आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
![]()
कागजात पेश गर्ने सरलीकृत प्रकृया सहित छिटो कर्जा प्रकृया
![]()
सात बर्षसम्मको लचकदार कर्जा अवधि
![]()
सम मासिक किस्ता (इएमआई) मा आधारित कर्जा
![]()
घट्दो बक्यौता सॉवामा व्याज लगाइने
![]()
प्रकृया अवधिभर व्यक्तिगत परामर्श
![]()
विशिष्टीकृत र लचिलो वित्तीय समाधान
![]()
बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया
कर्जाको समीक्षा
| प्रयोजन | कर्जा रकम | कर्जा अवधि | कर्जाका शर्तहरु |
| नयॉ सवारीसाधन (निजी) | ने.रु. ८० लाख सम्म | ७ वर्ष सम्म | मूल्य अभिवृद्धि कर विलको ५०% सम्म |
| नयॉ सवारीसाधन (व्यवसायिक)-इन्धन आधारित सवारीसाधन | लागु हुँदैन | ५ वर्ष सम्म | मूल्य अभिवृद्धि कर विलको ७०% सम्म कर्जा रकम खाम्ने गरी जग्गा र/वा भवनको प्रतिकुल मूल्यको न्यूनतम ५०% |
| प्रयोग गरिएको सवारी साधन(निजी/व्यवसायिक) | ने.रु. ८० लाख सम्म | ६ वर्ष तर सवारीसाधनको आयु ऋण समापन हुने मितिमा बढीमा सात वर्ष ननाघेको हुनुपर्नेछ । | मूल्यांकन भएको समयमा सवारी साधनको मूल्यको ५०% सम्म |
| पुन कर्जा (समापन लाइन) | ने.रु. ८० लाख सम्म | बैंक तथा वित्तीय संस्थाले लिने बाकी अवधि (तर सवारी साधनको आयु दर्ता भएको मितिबाट वा ऋण समापन हुने मितिमा बढीमा सात वर्ष ननाघेको हुनुपर्नेछ ।) | मूल्यांकन भएको समयमा सवारी साधनको मूल्यको ५०% सम्म |
| विद्युतीय सवारीसाधन | ने.रु. ८० लाख सम्म | ७ वर्ष सम्म | मूल्य अभिवृद्धि कर विलको ६०% सम्म |
| नयॉ सवारीसाधन (व्यवसायिक)-विद्युतीय सवारीसाधन | लागु हुँदैन | ६ वर्ष सम्म | मूल्य अभिवृद्धि कर विलको ६०% सम्म |
शर्त बन्देजहरु
- सम मासिक किस्ता (इएमआई) ऋणीको कुल आयको ५०% भन्दा बढी हुनुहुदैँन ।
- घोषित आयलाई कर भुक्तानी रसीद सहित बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।
- व्यवसायिक यातायात सञ्चालनको क्षेत्रमा दुई वर्षको अनुभव आवश्यक (दर्ता भएका वा नभएका यातायात सञ्चालकहरुको हकमा)
शुल्क र दस्तुरहरु
| विवरण | दस्तुर | ||||||||
| कर्जा प्रशासन शुल्क |
निजी सवारी साधनका लागि कर्जा रकमको ०.७५% व्यवसायिक सवारी साधनका लागि कर्जा रकमको १% | ||||||||
| प्रतिवद्धता शुल्क |
प्रयोग नगरिएको सीमाको १% | ||||||||
| पूर्वभुक्तानी शुल्क |
स्थीर व्याजदर ऋणहरुमा शुल्क दर अग्रिम भुक्तानी गरेको रकममा ०.७५ % हुनेछ । टिप्पणी : माथी उल्लेखित शुल्क दरहरु नेपाल राष्ट्र बैंकको आदेश अनुसार बदलिन सक्नेछन् । | ||||||||
| सिआईसि दस्तुर |
वास्तविक आधारमा |
योग्यता
कर्जा दिने समयमा आवेदक वा सहआवेदकको उमेर कम्तीमा २१ वर्ष र कर्जाको अवधि पूरा हुँदा अधिकतम ६५ वर्ष हुनुपर्नेछ ।
- इएमआई भुक्तानी गर्न पर्याप्त स्तरको आय भएका सबै व्यक्तिहरु
- स्थायी सेवामा भएका तलब पाउने व्यक्तिहरु
- कम्तीमा २ वर्ष सञ्चालनमा रहेको आफ्नै व्यवसायमा रहेका व्यक्ति
- कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ
- दर्ता भएका वा नभएका यातायात सञ्चालक– नवीकरण गरिएको सवारीधनी प्रमाणपत्रको प्रतिलिपि सहित आफ्नो सवारीसाधनहरुको सूची
आवश्यक कागजातहरु
परिचयात्मक
- फोटो (२ प्रति)
- नागरिकता र/वा राहदानी
- नाताप्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- विवाह प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
- फर्म/कम्पनी दर्ता प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- प्रवन्धपत्र र नियमावली (आवश्यक पर्ने भएमा)
- साझेदारी सम्झौतापत्र (आवश्यक पर्ने भएमा)
- स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
- व्यक्तिको लागि स्थायी लेखा नम्बर प्रमाणपत्र (ने.रु. पचास लाखभन्दा बढी कर्जा रकमका लागि)
- स्थलगत नक्सा (आवास तथा कार्यालय)
आय स्रोत
- तलब प्रमाणपत्र
- बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
- पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
- निवृत्तिभरणसम्बन्धी कागजात
- नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
- तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय भएमा)
- सबै आयको पछिल्लो कर भुक्तानी रसीद वा करचुक्ता प्रमाणपत्र (जहाँ लागु हुन्छ)

