Mortgage Loan
तपाइँको आर्थिक आवश्यकता पूरा गर्न सजिलो कर्जा खोजिरहनु भएको छ ? आफ्नो सपना साकार पार्न अब पर्खिरहनु पर्दैन । नबिल धितो कर्जा प्रयोग गरि आफ्नो हरेक आर्थिक आवश्यकता पुरा गर्न सक्नुहुन्छ र आफ्नो सपना साकार भएको देख्न सक्नुहुन्छ ।
तपाइँको मौजूदा सम्पत्तिबाट आजै धितो कर्जा पाउनुहोस र आफ्नो सम्पत्तिको सम्भाव्यतालाई खोल्नुहोस् ।
विशेषता
![]()
ने.रु. ३ करोड सम्मको कर्जा आकार
![]()
विशेष रुपमा डिजाइन गरिएको विशिष्ट कर्जा
![]()
बहुउद्देश्यीय कर्जा

आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
![]()
कागजात पेश गर्ने सरलीकृत प्रकृयासहित छिटो कर्जा प्रकृया
![]()
पैतीस बर्षसम्मको लचकदार कर्जा अवधि*
![]()
सम मासिक किस्ता (इएमआई) मा आधारित कर्जा
![]()
घट्दो बक्यौता सॉवामा व्याज लगाइने
![]()
सीमा, अवधि र अनुपात आदि उत्तम वित्तीय मानदण्डहरु
![]()
प्रकृया अवधिभर व्यक्तिगत परामर्श
![]()
बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया
ने.रु. ३ करोड सम्मको कर्जा आकार
शर्त बन्देजहरु
- समान मासिक किस्तावन्दी (इएमआई) अन्य कर्जासम्बन्धी दायित्व कटाएर ऋणीको खूद आयकोको ५०% भन्दा बढी हुनुहुदैन ।
- सम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ५०%, जुन सुकै कम छ ।
- घोषित आयलाई कर भुक्तानी रसीद सहित बैंक खाताको कारोवारको परिमाणले प्रमाणित गरेको हुनुपर्छ ।
- भवन वा निर्माणका लागि कर्जा दिने अवस्थामा बैंकको शर्तसहित पूर्ण मूल्यमा आगलागी, भूकम्प, आतंकवाद आदि विरुद्ध भवनको बीमा गरिएको हुनुपर्छ ।
- धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको समपत्ति भएमा १० फिट चौडाईको मोटरबाटो हुनुपर्छ ।
*कर्जा दिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुदा अधिकतम ७० वर्ष ननाघेको हुनुपर्नेछ ।
शुल्क र दस्तुरहरु
| विवरण | दस्तुर | ||||||||
| कर्जा प्रशासन शुल्क |
निजी सवारी साधनका लागि कर्जा रकमको ०.७५% व्यवसायिक सवारी साधनका लागि कर्जा रकमको १% | ||||||||
| प्रतिवद्धता शुल्क |
प्रयोग नगरिएको सीमाको १% | ||||||||
| पूर्वभुक्तानी शुल्क |
टिप्पणी : माथी उल्लेखित शुल्क दरहरु नेपाल राष्ट्र बैंकको आदेश अनुसार बदलिन सक्नेछन् । | ||||||||
| सिआईसि दस्तुर |
वास्तविक आधारमा |
योग्यता
- इएमआई भुक्तानी गर्न पर्याप्त स्तरको आय भएका सबै व्यक्तिहरु |
- स्थायी सेवामा भएका तलब पाउने व्यक्तिहरु |
- कम्तीमा २ वर्ष सञ्चालनमा रहेको आफ्नै व्यवसायमा रहेका व्यक्ति |
- कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ |
- गुठी र/वा मोही नलागेको कित्ता हुनुपर्नेछ |
- हाइटेन्सन लाइन नभएको कित्ता हुनुपर्नेछ |
- तेस्रो पक्षको धितो मान्य हुनेछैन |
आवश्यक कागजातहरु
परिचयात्मक
- फोटो (२ प्रति)
- नागरिकता र/वा राहदानी
- नाताप्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- विवाह प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
- फर्म/कम्पनी दर्ता प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- प्रवन्धपत्र र नियमावली (आवश्यक पर्ने भएमा)
- साझेदारी सम्झौतापत्र (आवश्यक पर्ने भएमा)
- स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
- व्यक्तिको लागि स्थायी लेखा नम्बर प्रमाणपत्र (ने.रु. पचास लाखभन्दा बढी कर्जा रकमका लागि)
- स्थलगत नक्सा (आवास तथा कार्यालय)
सुरक्षण/धितो
- जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
- राजीनामा वा बकसपत्र वा अंशवण्डा
- मालपोत तिरेको रसीद
- भवनको कर चुक्ता
- नापी नक्सा र ट्रेस नक्सा
- चार किल्ला प्रमाणित
- घरको स्वीकृत नक्सा
- निर्माण सम्पन्न पत्र
- भवन भएको अवस्थामा लालपूर्जामा घर कायम भएको
आय स्रोत
- तलब प्रमाणपत्र
- बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
- पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
- निवृत्तिभरण कागजात
- नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
- तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय

