Skip to main content

नबिल QR कोड

नबिल बैंकले नेपालमा, नबिल QR कोड ल्याउनको लागि फोनेपेसँग जोडिन पाउँदा गर्व गर्दछ। नबिल QR ले मोबाईल एप मार्फत उपलब्ध QR कोड स्क्यान गर्ने माध्यमबाट, सम्पर्क रहित (Contact Less) डिजिटल भुक्तानी गर्न सक्षम बनाऊँदछ। 

नबिल QR प्रयोगले, व्यापारीहरूले अब ग्राहकले गरेको स्क्यान लेनदेन लगतै पछि उनीहरूको बैंक खातामा तत्काल भुक्तान प्राप्त गर्न सक्दछन्। नबिल बैंकले सम्पूर्ण नेपालमा डिजिटल लेनदेनको प्रगति सुनिश्चित गर्न यो एक प्रमुख डिजिटल पहल हो।

Fonepay सुविधा सक्रिय गरिएको मोबाइल बैंकिङ/ डिजिटल वालेट भएका कुनै ग्राहकले अब व्यापारीलाई भुक्तानी गर्न नबिल QR स्क्यान गर्न सक्दछन्। १ करोड ३ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ५० भन्दा बढी पार्टनरहरू बैंकको मोबाइल/अन्तर-बैंकिङ प्रणाली र डिजिटल वालेटको उपस्थितिसँगै, नेपालमा लगभग सबैले अब नबिल QR मार्फत भुक्तानी गर्न सक्दछन्।

बारम्बार सोधिने प्रश्नहरू

कसरी व्यापारीले उनिहरूले तोकेको बैंक खातामा भुक्तानीहरू प्राप्त गर्न सक्दछन्?

व्यापारीको भुक्तानीको बन्दोबस्त दैनिक आधारमा तिनीहरूको बैंक खातामा स्वचालित रूपमा गरिन्छ। व्यापारी आफैले तत्काल भुक्तान व्यवस्थित पनि गर्नसक्छ।

यदि व्यापारीहरूको विभिन्न आउटलेटहरू छन् भने, तिनीहरूले भुक्तानी ट्र्याक गर्न, कसरी एप प्रयोग गर्न सक्दछन्?

यदी व्यापारीको धेरै आउटलेट छन् भने व्यापारीले पोइन्ट अफ सेलमा व्यक्तिको नाम र फोन नम्बर उपलब्ध गराई प्रत्येक आउटलेटलाई सब-व्यापारीको रूपमा दर्ता गर्न बैंकलाई अनुरोध गर्नु परद पर्दछ। 

विवादको समाधान हुन कति समय लाग्छ?

सामान्यतया, विवाद समाधान हुन २-३ कार्य दिन लाग्न सक्छ, यद्यपि यो बैंकले व्यापारी/ग्राहकबाट प्राप्त गरेकोमा विवरण, कागजात/प्रमाणमा पनि निर्भर गर्दछ। 

नबिल QR व्यापारीमा दर्ता हुन कति समय लाग्छ?

सबै आवश्यक कागजातहरू पुरा भएमा २-३ कार्य दिनहरूको अवधि भित्र दर्ता हुन सक्छ। 

के व्यापारीको भुक्तानी तुरून्तै खोज गर्न सकिन्छ?

Fonepay व्यापारी एप/वेब पोर्टलको उपयोग गरि, व्यापारीले वास्तविक समयको आधारमा भुक्तानीहरू ट्र्याक गर्न सक्छन्।