Skip to main content

नबिल विद्युतीय भुक्तानी गेटवे (EPG)

नबिल विद्युतीय भुक्तानी गेटवे (EPG) को साथमा तपाईंको सामान/उत्पादन/सेवाको बजार विश्व जत्तिकै ठूलो रहेको छ। नबिल EPG को साथमा नेपाल र विदेशमा जारी गरिएका भिसा, मास्टकार्ड र युनियन पे ईन्टरनेशनल कार्ड मार्फत सुरक्षित भुक्तानीको साथमा तपाईंको उत्पादन/सेवा अन्तराष्ट्रिय बजारमा बेच्न सक्नुहुनेछ।

EPG ले देहायको कुराहरुको सुविधा दिन्छ:

  • सुरक्षित वातावरणमा वेबसाईट मार्फत विभिन्न पेमेन्ट कार्ड स्वीकार गर्नको लागि अनलाईन व्यवसायको स्थापना र ई-कमर्स कारोबार प्रचार-प्रसार गर्दछ
  • राष्ट्रिय सिमा बाहिर पनि पहुँच पुर्याउने

बारम्बार सोधिने प्रश्नहरू

यदि व्यवसायीको धेरै वेवसाईट भएमा के निजहरुले पुन-एकिकरणको लागि अनुरोध गर्नसक्छन्?

सक्छन्, यदि व्यवसायीलाई विभिन्न वेबसाईटमा धेरै एकीकरण(Integration) आवश्यक भएमा र आवश्यकताको औचित्य भएमा व्यवसायीले पुन-एकीकरण प्राप्त गर्नसक्ने छन्। यद्यपी छुट्टै सम्झौता र शुल्कहरु लगाईने छ।

नबिल Electronic Payment Gateway को व्यवसायमा दर्ता हुनको लागि सामान्य प्रक्रिया के हुन् ?

व्यवसायीहरुले तल दिएका प्रक्रियाहरु अपनाउनु पर्दछः

i.  नबिल बैंकमा चल्ती खाता/बचत खाता खोल्नुहोस्
ii.  EPG सम्झौताको लागि शाखा रोज्नुहोस् र हस्ताक्षर गरिएको र सिल गरिएको सम्झौता प्रदान गर्नुहोस् 
iii.  कागजात र सम्झौता पेश गरिसकिएपछी व्यवसायीले ३-४ कार्यदिन भित्र API कोड प्राप्त गर्नुहुनेछ 
iv.   त्यसपछी व्यवसायीको  प्राविधिकसमुहले EPG लाईभको  लागि हाम्रो प्राविधिक समुहसँग सहकार्य गर्नुहोस्

Electronic Payment Gateway API कोड पाउन कति समय लाग्छ ?

सम्पुर्ण कागजातहरु भएको एउटा व्यवसायीलाई २-३ कार्यदिन भित्र API दिनसकिन्छ।

के प्रयोग भईरहेको कार्ड ३D सुरक्षणमा दर्ता गरिएको हुनुपर्छ ?

हो, वेबसाईटमा कारोबार गर्नको लागि कार्ड ३D सुरक्षणमा दर्ता गरिएको हुनुपर्छ।

के एउटा व्यवसायीले बैंक तथा वित्तीय संस्थामा एउटा Electronic Payment Gateway मा हुदाँहुदैं अर्को Electronic Payment Gateway मा दर्ता गर्नसक्छ?

व्यवसायीको आफ्नै आवश्यकताका आधारमा निजहरुले अन्य बैंक तथा वित्तीय संस्थाबाट EPG प्राप्त गर्नसक्छ।