नबिल कर्पोरेट नेट
संस्थागत बैंकिङका लागि डिजिटल गेटवे नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) द्वारा नबिल बैंक लिमिटेडका लागि मात्र विकसित गरिएको सेतो-लेबल कर्पोरेट इन्टरनेट बैंकिङ समाधान हो। नबिल बैंकले संस्थागत ग्राहकहरूलाई सुरक्षित, प्रभावकारी र भरपर्दो डिजिटल बैंकिङ समाधानहरू प्रदान गर्ने उद्देश्यले बैंकको आफ्नै पूर्वाधारमा होस्ट र व्यवस्थित गरिएको पूर्ण रूपमा ह्वाइट-लेबल कर्पोरेट इन्टरनेट बैंकिङ प्रणाली, नबिल कर्पोरेट नेटमा अवस्थित कर्पोरेट पे प्लेटफर्मलाई अपग्रेड र पुन: ब्रान्ड गरेको छ।
विशेषता र फाइदाहरू
जनरल
- हिसाब किताब र राफसाफका लागि खाताहरूमा सहज पहुँच
- बहु-बैंकिङ र बहु खाताहरुको पहुँचका लागि एकल च्यानल।
भुक्तानी सुविधाहरु
- बिमा भुक्तानी
- सरकारी कर तथा राजश्व भुक्तानी
- कर्मचारीको तलब भुक्तानी
- ऋणदाता (creditor) भुक्तानी
सुरक्षा
- निजी र सार्वजनिक नेटवर्कमा उपलब्ध
- टु फ्याक्टर अथेन्टिकेसन (2FA) को साथ सुरक्षित कारोबार
- कारोबार अनुमोदनको लागि एक भन्दा धेरै-प्रयोगकर्ता (multi user) ले आधिकारिकता दिनुपर्ने।
- विभिन्न बैंक खाताहरुको लगईन लागि पासवर्डमा आधारित लगइन।
Required Documents
1. (For Public Ltd., Pvt Ltd., BFIs, Schools & College etc. Board Resolution to avail Nabil Corporate Net OR
(For INGOs, Diplomat Missions, Embassies, Development Org., Gov & Semi Gov Org and Proprietorship etc.) Authority Letter to avail corporatePAY
2. Nabil Corporate Net Terms & Condition
Nabil Corporate Net Amendment & Change-Related Documents
Note
For any further inquiries or support, please do not hesitate to reach out to our customer care team at customercare@nabilbank.com or +977 1 5970015.
