Housing Loan
नबिल आवास कर्जाले तपाइँको आफ्नो घर बनाउने र आफ्नै घरमा सर्ने सपना छिटो र सजिलै साकार पार्नेछ । भविष्यमा घर निर्माणका लागि चाहिने जग्गा खरिद होस् या घर खरिद होस्, तपाइँको आर्थिक आवश्यकता पूरा गर्न विषयगत ज्ञान भएका र व्यक्तिगत परामर्श दिन सक्ने शाखाका अधिकृतहरुसँग सम्पर्क गरि आफ्नो सपना साकार पार्नुहोस् ।
विशेषता
![]()
आकर्षक तथा प्रतिष्पर्धी व्याज दर
![]()
छिटो र पारदर्शी कर्जा प्रकृया
![]()
पैँतीस बर्षसम्मको लचकदार कर्जा अवधि
![]()
सम मासिक किस्ता (इएमआई) मा आधारित कर्जा

घट्दो बक्यौता सॉवामा व्याज लगाइने
![]()
भवन निर्माणका लागि १२ महिनासम्मको स्थगत अवधि
![]()
बृहत शाखा सञ्जालबाट कर्जा प्रकृया
![]()
प्रकृया अवधिभर व्यक्तिगत परामर्श
![]()
कागजात पेश गर्ने सरलीकृत प्रकृया
कर्जाको समीक्षा
| प्रयोजन | कर्जा रकम | कर्जा अवधि | कर्जाका शर्तहरु |
| जग्गा खरीद | ने.रु. ५ करोड सम्म | ३५ वर्ष सम्म | सम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ६०% ,जुन सुकै कम छ । |
| जग्गा तथा भवन खरीद | ने.रु. ५ करोड सम्म | ३५ वर्ष सम्म | सम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ६०%, जुन सुकै कम छ । काठमाडौं उपत्यकाको हकमा एफएमभीको ५०% |
| निर्माण | ने.रु. ५ करोड सम्म | ३५ वर्ष सम्म | निर्माण लागतको १००%** |
| पहिलो पटक घर खरिद | ने.रु. ३ करोड सम्म | ३५ वर्ष सम्म | सम्पत्तिको प्रतिकुल मूल्यको ७०% सम्म * |
| विस्तार/पुर्नस्थापन | ने.रु. १ करोड सम्म | २० वर्ष सम्म | एफएमभीको ६०% सम्म |
| रिफाइनान्स | ने.रु. ५ करोड सम्म | ३५ वर्ष सम्म | सम्पत्तिको प्रतिकुल मूल्यको ८०% वा एफएमभीको ६०%, जुन सुकै कम छ । काठमाडौं उपत्यकाको हकमा एफएमभीको ५०% |
यद्यपि हाम्रो कर्जा खरीद मूल्य/बैंकको मूल्यांकन कर्ताले निर्धारण गरेको खुद बजार मूल्य को ६०% मध्ये जुन कम हुन्छ सो भन्दा बढी हुनेछैन र काठमाडौं उपत्यकाको हकमा नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशिका अनुसार खरीद मूल्य वा एफएमभीको ५०% मा सिमीत गरिएको छ ।
*ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार वर्गफिटसम्मको घर हुनुपर्ने ।
** यदि जग्गाको मूल्य पर्याप्त छ भने हामी निर्माण लागतको १००% सम्म कर्जा दिन सक्छौं ।
शर्त बन्देजहरु
- सम मासिक किस्ता (इएमआई) अन्य कर्जाको दायित्व (यदि छ भने) कटाएर ऋणीको कुल आयको ५०% भन्दा बढी हुनुहुँदैन ।
- बैंक खाताको कारोवारको परिमाणलाई घोषित आयले प्रमाणित गरेको हुनुपर्छ ।
- भवन धितो भएको अवस्थामा बैंकको शर्तसहित पूर्ण मूल्यमा आगलागी, भूकम्प, आतंकवाद आदि विरुद्ध भवनको बीमा गरिएको हुनुपर्छ ।
- धितोको लागि प्रस्तावित सम्पत्तिमा कम्तीमा ८ फिट चौडाईको मोटरबाटोको पहुच हुनुपर्छ । १ रोपनी वा बढी क्षेत्रफलको समपत्ति भएमा १० फिट चौडाईको मोटरबाटो हुनुपर्छ ।
शुल्क र दस्तुरहरु
| विवरण | दस्तुर | ||||||||
| कर्जा प्रशासन शुल्क |
कर्जा रकमको ०.७५%
| ||||||||
| प्रतिवद्धता शुल्क |
प्रयोग नगरिएको सीमाको ०.१५% (निर्माण कर्जामा) | ||||||||
| पूर्वभुक्तानी शुल्क |
स्थीर व्याजदर ऋणहरुमा शुल्क दर अग्रिम भुक्तानी गरेको रकममा ०.७५ % हुनेछ । टिप्पणी : माथी उल्लेखित शुल्क दरहरु नेपाल राष्ट्र बैंकको आदेश अनुसार बदलिन सक्नेछन् । | ||||||||
| सिआईसि दस्तुर |
वास्तविक आधारमा |
योग्यता
कर्जा दिने समयमा आवेदकको उमेर कम्तीमा १८ वर्ष र कर्जाको अवधि पूरा हुँदा अधिकतम् ७० वर्ष ननाघेको हुनुपर्नेछ ।
- इएमआई भुक्तानी गर्न पर्याप्त स्तरको आय भएका सबै व्यक्तिहरु
- स्थायी सेवामा भएका तलब पाउने व्यक्तिहरु
- कम्तीमा २ वर्ष सञ्चालनमा रहेको व्यवसायमा रहेका व्यक्ति
- कित्तामा कम्तीमा ८ फिट चौडाईको मोटरबाटो हुनुपर्नेछ
- गुठी र/वा मोही नलागेको कित्ता हुनुपर्नेछ
- हाइटेन्सन लाइन नभएको कित्ता हुनुपर्नेछ
- तेस्रो पक्षको धितो मान्य हुनेछैन
आवश्यक कागजातहरु
परिचयात्मक
- फोटो (२ प्रति)
- नागरिकता र/वा राहदानी
- नाताप्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- विवाह प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- पछिल्लो छ महिनाको बैंक (निक्षेप तथा कर्जा) खाताको विवरण
- फर्म/कम्पनी दर्ता प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- स्थायी लेखा नम्बर/मूल्य अभिवृद्धि कर प्रमाणपत्र (आवश्यक पर्ने भएमा)
- प्रवन्धपत्र र नियमावली (आवश्यक पर्ने भएमा)
- साझेदारी सम्झौतापत्र (आवश्यक पर्ने भएमा)
- स्थायी लेखा नम्बर प्रमाणपत्र (५० लाख वा सोभन्दा बढी कर्जा रकममा)
- व्यक्तिको लागि स्थायी लेखा नम्बर प्रमाणपत्र (ने.रु. ५० लाख वा सोभन्दा बढी कर्जा रकमका लागि)
- स्थलगत नक्सा (आवास तथा कार्यालय)
सुरक्षण/धितो
- जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
- राजीनामा वा बकसपत्र वा अंशवण्डा
- मालपोत तिरेको रसीद
- भवनको कर चुक्ता
- नापी नक्सा र ट्रेस नक्सा
- चार किल्ला प्रमाणित
- घरको स्वीकृत नक्सा
- निर्माणसम्पन्न पत्र
- भवन भएको अवस्थामा लालपूर्जामा घर कायम भएको
आय स्रोत
- तलब प्रमाणपत्र
- बहालवालाको परिचयसहित भाडा सम्झौता (कुनै भए)
- पछिल्लो २ आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण (कुनै व्यवसाय आय भए)
- निवृत्तिभरण प्रमाणपत्र (पट्टा)
- नवीकरण भएको/वैध सवारीसाधन दर्ता प्रमाणपत्रको प्रतिलिपि रुट परमिट सहित (व्यावसायिक सवारीसाधनबाट आय भएमा)
- तलब प्रमाणपत्र, श्रम इजाजतपत्र, प्रवेशाज्ञासहित वैध राहदानी, भुक्तानी प्रमाण र बैंक खाता विवरण (यदि वैदेशिक रोजगारबाट आय भएमा)
- सबै आयको पछिल्लो कर भुक्तानी रसिद वा कर चुक्ता प्रमाणपत्र (जहाँ लागु हुन्छ)
अन्य आवश्यक कागजातहरु
- आवासीय भवनको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि (आवश्यक परेमा)

