Skip to main content

नबिल फोनलोन

नबिल फोनलोन एन बैंक एप मार्फत एक छोटो अवधिको अग्रिम रुपमा अनुमोदित ऋण प्रदान गर्ने एक नवीन डिजिटल ऋण सेवा हो।

त्यसैले, तपाईंले चाहनु भएका कुराको मज्जा लिनलाई किन कुर्नु? जबकि तपाईले त्यो नबिल फोनलोनको साथमा पाउन सक्नुहुनेछ।

ग्राहकका लागि फाईदाहरु :

  • कन्ट्याक्ट्लेस डिजिटल ऋण अनुभवः सम्पूर्ण ऋण प्रकिया मोबाईल बैंकिङ मार्फत हुने हुदाँ कुनै बैंक धाईराख्नु नपर्ने, कुनै कागजी काम नहुने, परम्परागत क्रेडिट निवेदन प्रकियाको कुनै झन्झट नहुने 
  • तुरुन्त (अग्रिम रुपमा अनुमोदित) ऋणः ऋण निवेदनको सम्पूर्ण प्रकिया, अनुमोदन र वितरण रियल टाइम (केही मिनेट) मै हुने
  • जमानत बिना नै ऋणः ग्राहकको बैंकिङ कारोबारको विश्लेषणात्मक अध्यनमा आधारित ऋण, जमानत आवश्यकता नपर्ने
  • सूक्ष्म ऋण: कम ब्याजदरमै रु. २  लाख सम्मको सानो ऋण रकमको लागि समेत निवेदन दिन सकिने।