Western Union ID Payment
मनी ट्रान्सफरको क्षेत्रमा सबैभन्दा विश्वास गरिएको नाम। विश्वका २००+ देशहरुमा उपस्थिति रहि वेस्टर्न युनियनले आफ्नो आधुनिक प्रविधि र सुरक्षित प्रकियाको माध्यमबाट पैसा ट्रान्सफर गर्न सहज पारेको छ।
पैसा प्राप्त गर्नका लागि चरणहरू
- काउन्टरको कर्मचारीलाई १० अंकको MTCN (मनी ट्रान्सफर कन्ट्रोल नम्बर) दिनुहोस्। MTCN वेस्टर्न युनियनबाट हरेक रकम स्थानान्तरणमा प्रदान गरिने ट्र्याकिङ नम्बर हो।
- प्राप्त गर्ने व्यक्तिको नाम र ठेगाना, सम्पर्क विवरण, पठाउने व्यक्तिसँगको नाता, पैसाको प्रयोजन र प्राप्त गर्नुपर्ने रकमको विवरण दिनुहोस्।
- परिचयात्मक कागजात पेश गर्नुहोस् (नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र, वा अन्य कुनै वैध सरकारी परिचय पत्र)
- नगद भुक्तानीको सीमा रु १००,०००/- (शब्दमा रु एक लाख मात्र)
थप जानकारीका लागि फाईल डाउनलोड गर्नुहोस्: वेस्टर्न युनियनका सब-एजेन्टहरुको सूची र ठेगाना (लिंक)

