Skip to main content

Women Run Enterprise Loan

सशक्त महिलाहरू एक सशक्त समाज र राष्ट्रको प्रतीक हुन् । नबिल बैंकले उद्यमशीलता सीपको विकास गरी महिलाका लागि अझ राम्रो आर्थिक अवसरहरू सिर्जना गर्न सरकारी पहललाई समर्थन गर्दछ । महिलाद्वारा संचालित उद्यम कर्जा, महिलालाई राम्रो जिविकापार्जन र रोजगारी सिर्जनाका लागि प्रोत्साहित गर्न जमानतको आधारमा ब्याज अनुदान सहितको कर्जा हो, त्यसले स्थानीय रूपमा राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्‍याउँछ । यो सहायताले निम्न क्षेत्रहरूको महिला सञ्चालित साना तथा लघु उद्यमको स्थापना वा आवश्यकता पूरा गर्न सहयोग गर्दछ ।

  • कृषी
  1. खाद्य बाली, नगदी बाली, तरकारी, फलफूल र औषधी जडिबुटी
  2. पशुपंक्षी पालन
  3. सिचाई र सिचाई उपकरण
  4. कृषी वस्तु र उपकरण
  5. वन विकास र चरान क्षेत्र विकास
  6. जग्गा विकास र जग्गा-संरक्षण ईत्यादि
  • उद्यम
  1. हाते लूम, अर्ध-स्वचालित तान, बेर्ने, चित्रकला, मुद्रण, सिलाई बुनाइ, सिलाई, ऊन मेट कार्पेट, पस्मिना, ऊनको पोशाक, निर्माण कार्य, काष्ठकला, बाँस र निगोलोले बनेका उत्पादनहरू, प्राकृतिक लहराले बनेका उत्पादनहरू
  2. हस्तनिर्मित कागज, सुन, चाँदी, तामा, पीतल, फलामसँग सम्बन्धित काम, गहना र मूर्ति निर्माण कार्य, चिया बनाउने प्रक्रियासँग सम्बन्धित काम, सिरेमिक र माटोको भाँडो बनाउने काम, छाला सम्बन्धी कार्यहरू, छाला प्रशोधन, हड्डी, सिंग, चट्टान र ढुङ्गाले बनाइएको उत्पादन, चित्र, कागजले बनाइएको सामग्री, धुप, गुडिया र अन्य घरेलु व्यवसायहरू
  3. सेवा व्यवसाय क्षेत्र
  • स्वास्थ्य
  1. सीप र स्वरोजगार
  2. पर्यटन
  3. संचार
  4. यातायात ईत्यादि
  • अन्य (कानूनले स्वीकृत गरे अनुसार मूल्य अभिवृद्धी व्यवसाय, जानकारीसँग सम्बन्धित व्यवसाय, खुद्रा व्यापार, ईत्यादि)

विशेषता

धितो बन्धक अनिवार्य नपर्ने

न्यून्तम ब्याज दरः आधार दर+ २% प्रिमियम; ब्याज अनुदान ६%  

कर्जा सिमा:   प्रति ऋणी/इकाई रु १५ लाख सम्मको 

कर्जा अवधीः ५ वर्ष सम्म

भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा 

सम्पुर्ण कागजात पेश भएपछी १५ कार्यदिन भित्र अनुमोदन पुष्टि

योग्यता मापदण्ड

  • महिला उद्यमीहरुले संचालन गरेको लघु उद्यम
  • न्यून्तम उमेर १८ वर्ष र अधिकतम उमेर ६५ वर्ष
  • परिवारको सदस्यको व्यक्तिग जमानत

आवश्यक कागजातहरु

  • कर्जा निवेदन फारम
  • फर्म दर्ता र स्थाइ लेखा नम्बर प्रमाण पत्र
  • प्रोप्राइटर/ साझेदार /संस्थापक र जमानीकर्ताको नागरिकता प्रमाण पत्रको प्रति
  • फोटोग्राफ
  • नियामवली र प्रबन्ध पत्र  (यदि भएमा)
  • साझेदारी सम्झौता (यदि भएमा) 
  • व्यवसायिक योजना
  • ऋणीको स्वघोषित आय