Women Run Enterprise Loan
सशक्त महिलाहरू एक सशक्त समाज र राष्ट्रको प्रतीक हुन् । नबिल बैंकले उद्यमशीलता सीपको विकास गरी महिलाका लागि अझ राम्रो आर्थिक अवसरहरू सिर्जना गर्न सरकारी पहललाई समर्थन गर्दछ । महिलाद्वारा संचालित उद्यम कर्जा, महिलालाई राम्रो जिविकापार्जन र रोजगारी सिर्जनाका लागि प्रोत्साहित गर्न जमानतको आधारमा ब्याज अनुदान सहितको कर्जा हो, त्यसले स्थानीय रूपमा राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याउँछ । यो सहायताले निम्न क्षेत्रहरूको महिला सञ्चालित साना तथा लघु उद्यमको स्थापना वा आवश्यकता पूरा गर्न सहयोग गर्दछ ।
- कृषी
- खाद्य बाली, नगदी बाली, तरकारी, फलफूल र औषधी जडिबुटी
- पशुपंक्षी पालन
- सिचाई र सिचाई उपकरण
- कृषी वस्तु र उपकरण
- वन विकास र चरान क्षेत्र विकास
- जग्गा विकास र जग्गा-संरक्षण ईत्यादि
- उद्यम
- हाते लूम, अर्ध-स्वचालित तान, बेर्ने, चित्रकला, मुद्रण, सिलाई बुनाइ, सिलाई, ऊन मेट कार्पेट, पस्मिना, ऊनको पोशाक, निर्माण कार्य, काष्ठकला, बाँस र निगोलोले बनेका उत्पादनहरू, प्राकृतिक लहराले बनेका उत्पादनहरू
- हस्तनिर्मित कागज, सुन, चाँदी, तामा, पीतल, फलामसँग सम्बन्धित काम, गहना र मूर्ति निर्माण कार्य, चिया बनाउने प्रक्रियासँग सम्बन्धित काम, सिरेमिक र माटोको भाँडो बनाउने काम, छाला सम्बन्धी कार्यहरू, छाला प्रशोधन, हड्डी, सिंग, चट्टान र ढुङ्गाले बनाइएको उत्पादन, चित्र, कागजले बनाइएको सामग्री, धुप, गुडिया र अन्य घरेलु व्यवसायहरू
- सेवा व्यवसाय क्षेत्र
- स्वास्थ्य
- सीप र स्वरोजगार
- पर्यटन
- संचार
- यातायात ईत्यादि
- अन्य (कानूनले स्वीकृत गरे अनुसार मूल्य अभिवृद्धी व्यवसाय, जानकारीसँग सम्बन्धित व्यवसाय, खुद्रा व्यापार, ईत्यादि)
विशेषता
![]()
धितो बन्धक अनिवार्य नपर्ने
![]()
न्यून्तम ब्याज दरः आधार दर+ २% प्रिमियम; ब्याज अनुदान ६%
![]()
कर्जा सिमा: प्रति ऋणी/इकाई रु १५ लाख सम्मको
![]()
कर्जा अवधीः ५ वर्ष सम्म
![]()
भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा
![]()
सम्पुर्ण कागजात पेश भएपछी १५ कार्यदिन भित्र अनुमोदन पुष्टि
योग्यता मापदण्ड
- महिला उद्यमीहरुले संचालन गरेको लघु उद्यम
- न्यून्तम उमेर १८ वर्ष र अधिकतम उमेर ६५ वर्ष
- परिवारको सदस्यको व्यक्तिग जमानत
आवश्यक कागजातहरु
- कर्जा निवेदन फारम
- फर्म दर्ता र स्थाइ लेखा नम्बर प्रमाण पत्र
- प्रोप्राइटर/ साझेदार /संस्थापक र जमानीकर्ताको नागरिकता प्रमाण पत्रको प्रति
- फोटोग्राफ
- नियामवली र प्रबन्ध पत्र (यदि भएमा)
- साझेदारी सम्झौता (यदि भएमा)
- व्यवसायिक योजना
- ऋणीको स्वघोषित आय

