Skip to main content

Project Loan For Youths Returning From Foreign Employment

मेहनती युवाहरूले विदेशी भूमिमा आफ्नो रोजगारको समयमा धेरै मूल्यवान ज्ञान र सीप प्राप्त गरेका हुन्छन्। नबिल बैंकले ती युवाहरुलाई आफ्नो सीपको उपयोग गर्न र स्वदेशी रोजगारमा आर्थिक सहायता प्रदान गरी वा कृषि, सेवा, सूचना प्रविधि वा कानूनले अनुमति दिएको अन्य सेवाहरूको व्यवसाय सिर्जना गरी देशभित्रै राजस्व सिर्जना गर्न प्रोत्साहित गर्दछ।

विशेषता

कर्जा सिमा:   प्रति ऋणी/इकाई रु दश लाख सम्मको 

उमेर हद: १८ देखी ६५ वर्ष

कर्जा अवधीः ५ वर्ष सम्म

भुक्तानीको तरिका: समान मासिक किस्ता आधारमा 

धितो बन्धक अनिवार्य नपर्ने

योग्यता: अधिकार प्राप्त वा अनधिकृत वैदेशीक रोजगारको माध्यमबाट ६ महिनाको लागि विदेशमा काम गरेको प्रमाण आवश्यक

कार्य सम्पादन अवधि: सम्पुर्ण कागजात पेश गरेपछी १५ कार्यदिन भित्र