2016-10-04
नबिल बैंकको मिति २०७३ आश्विन १८ गते बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड््यालको अध्यक्षतामा बसेको ३२ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा
नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्È २०७२/७३ को मुनाफाबाट नगद लाभांश १५% र बोनस शेयर ३०% दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढि निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । यस आ.व. २०७२/७३ मा बैंकको संचालन मुनाफा ४ अर्ब ३५ करोड रहेको छ जुन बैंकहरु मध्येकै सबै भन्दा बढी हो । त्यस्तै बैंकको खुद मुनाफा २ अर्ब ८१ करोड ९३ लाख रहेको छ जुन अघिल्लो वर्ष भन्दा ३५५ ले वृद्घि भई यस बैंकले बैंकहरुमा अग्रणी भूमिका कायम राख्न सफल रहेको छ । वाणिज्य बैंकहरुमध्ये आ.व. २०७१/७२ मा समेत सबैभन्दा बढी कर राजस्वमा योगदान पु¥याए वापत बैंकले आन्तिरिक राजस्व बिभागबाट सम्मान प्राप्त गरेको छ । बैंकका संचालक समितीका अध्यक्ष श्री शम्भु प्रसाद पौड््यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” ११ अर्ब ५९ करोड (प्रस्तावित नगद लाभांश बाहेक) रहेको छ । अध्यक्ष श्री पौड््यालले बैंकको पू“जी योजना बारे प्रकाश पार्दै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ सम्ममा ८ अर्ब पु“जी पु¥याउने पुर्याउन योजना नेपाल राष्ट्र बैंकमा पेश गरे अनुसार समिक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पू“जी यसै बर्ष रु.६ अरब १८ करोड पुगेको र अर्को बर्ष रु ८ अरव पुर्याउने लक्ष्य सभा समÔ प्रस्तुत गर्नुभयो । साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष श्री पौड््यालले भन्नुभयो “ नबिल बैंकले नेपालको बैकिङ्ग Ôेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगीक गतिविधिहरुलाई गतिशतीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वीत छौं ।”उक्त साधारण सभामा सर्वसाधारण शेयरधनि समूह “ग” वर्गको तर्फबाट निर्विरोध निर्वाचित शेयरधनिहरु श्री शम्भु प्रसाद पौड््याल तथा श्री दयाराम गोपाल अग्रवाल एवं शेयरधनि समूह “ख” वर्ग को तर्फबाट राष्ट्रिय बिमा कम्पनी लिमिटेड निर्विरोध भएको घोषणा गरिएको छ ।सोही समारोहमा यस बैंकले विगत केही वर्षदेखि गर्दै आएका शेयरधनी महानुभावहरुको सम्मान कार्यक्रमलाई निरन्तरता दिंदै यस बैंकका शेयरधनीहरु डा. सुन्दर लाल श्रेष्ठ र श्री राजेश शाक्यलाई बैंकको व्यसायिक संचालन तथा बैंकको सम्पूर्ण हित तथा प्रतिष्ठा वृद्घि गर्ने सम्बन्धमा निरन्तर रुपमा दिदै आउनु भएको सल्लाह तथा सुझावहरुको उच्च मुल्याङ्कन गर्दै कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरियो ।
