2020-04-13
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा प्रारम्भ गरेको सहर्ष जानकारी गराउदछौं ।
यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिंग सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।
साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जानकारी गराउदछौं ।
