Skip to main content
2018-07-27

नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा सो कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गर्न यहि ११ श्रावण २०७५ का दिन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।  

उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्घेश्य शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु, ऋण योग्यता परिक्षण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रकृयाहरुको बारे सूचित गराउनुका साथै शैक्षिक कर्जा प्रकृया अझ सरल र सहज गराउन सुझाव संकलन समेतको उद्घेश्य राखिएको थियो ।
कन्ज्यूमर लेण्डीङ्ग विभागद्वारा आयोजित उक्त कार्यक्रममा विभाग एवं बैंकका उच्च पदस्थ व्यवस्थापकहरु समेतको अन्तरकृयामा सहभागी भएको थियो । सो कार्यक्रमको उद्घाटन नबिल बैंकका अध्यक्ष श्री शम्भू प्रसाद पौड्यालज्यूले गर्नुभएको थियो । बैंकले आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएको छ ।

Bank's Chairman Mr. Shambhu Prasad Poudyal inaugurating the interaction program