Skip to main content
2018-07-24

नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसर पारेर विभिन्न सामाजिक तथा आन्तरीक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा उपत्यकामा कार्यरत कर्मचारीहरु विच धन्यनतरी फुटसल मैदानमा मिति २०७५ श्रावण ५ गते बैंकका विभिन्न विभाग तथा शाखाहरु विच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।  

उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो । बंैकका उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालज्युद्वारा बल हस्तान्तरण गरि शुभारम्भ भएको थियो । 

फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालज्युद्वारा मेडल सहित पुरस्कारहरु वितरण गर्नु भएको थियो । उक्त प्रतियोगितामा  उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बैंकको बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष श्री पौड्यालले खुशी व्यक्त गर्नु भयो ।

Bank's Chairman Mr. Shambhu Prasad Poudyal awarding the winning teams of Futsal team