Skip to main content
2019-09-02

नबिल बैंकले विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको अवगतनै छ । यसको अतिरिक्त बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००/– (दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । 

यो योजना भाद्र १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ । 

यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,०००/– वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,०००/– को सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,०००/– बीमा रकम प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम रु. ५,०००/– मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १५ भाद्र २०७६ मा भैसकेको छ । साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं रु. ५,०००/– वा बढि मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,०००/– वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।

नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,०००/– वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।

यस योजनामा सामिल हुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हुँदा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।

यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट www.nabilbank.com वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन न: 01-5970015 बाट प्राप्त गर्न सकिनेछ । सन् १९८४ देखि आफ्ना सम्माननिय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।